काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमितहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा आज मात्रै २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ४०२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?