काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु १७ देखि ४२ वर्ष उमेर समुहका रहेका छन् । जसमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।
आज भेटिएका संक्रमितहरु कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपारासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया