काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासमा रहेका नेपालीहरुलाई ल्याउने तयारी भइरहेको बताएका छन् । मंगलवार संसदमा सम्बोधन गर्ने क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रवासमा रोजगारीका लागि गएका युवालाई ल्याउन सोचिरहेको र आवश्यक योजना बनाएको बताए ।
प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था भाइरसको यो प्रवृत्ति र हाम्रो क्षमता तयारी सबै कुरा विचार गरिरहेको बताएका छन् । यसैक्रममा प्रम ओलीले बिना तयारी विदेशमा बसेका नेपालीलाई ल्याएर देश पूरै सोत्तर बनाउने सोँचमा नरहेको बताए ।
साथै अन्य देशले थोरै संख्यामा रहेका नागरिक लगेको जस्तो सजिलो नभएको समेत बताएका छन् । उनले भने, “अमेरिकाले नाफ्ना डेढ सय नागरिक लगेकोजस्तो सजिलो छैन् ।” हाम्रो अहिलेको जनशक्तिले ५० लाख यूवा देश ल्याउन नसक्ने बताए । उनले कोरोना अप्रत्याशित रुपमा आएर समस्या दिएको भन्दै प्रवासी नेपालीलाई नेपाल नै नआउ भनेजसरी नबुझ्न पनि अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया