कोरोना महामारीका बीच चीनमा भूकम्प, २ जनाको मृत्यु

काठमाडौं । चीनको युनान प्रान्तको क्यूआओजिआ काउन्टीमा भूकम्प गएको छ । जसका कारण २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मंगलवार चिनियाँ अधिकारीहरुले मंगलवार चीनमा ५ रेक्टर स्केलको भूकम्प गएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण घरहरु भत्किँदा २ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाईते भएका छन् ।

चीनमा भूकम्पको केन्द्र क्यूआओजिआ काउन्टीमा सोमवार राती नौ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो ।

भूकम्पको झट्का जमीन भन्दा ८ किलोमिटरको गहिराईमा गएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?