काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग रहेको प्रष्ट पार्दै ती भू-भाग फिर्ता ल्याइने बताएका छन् ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्रिपरिषद बैठकले सोमबार नेपालको नयाँ नक्सा पारित गरेको जानकारीसमेत दिए ।
उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक कालापानीसहित हाम्रो भूभाग हो’ ।
संविधानको अनुसूची ३ मा रहेको नेपालको प्रतीक चिन्ह परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा ल्याइने पनि उनले जानकारी दिए ।
उनले संविधान संशोधनको उक्त प्रस्ताव पारित हुने विश्वाससमेत व्यक्त गरे । पारित भएको दिन सबैले दिपावली मनाउने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया