प्रचण्डले भने- फेरि ढिलोचाँडो प्रधानमन्त्री हुन्छु

भरतपुर, २ फागुन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अन्तिम चरणमा पुगेको र आफू ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । ‘म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु,’ उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस् ।’ कान्तिपुरमा खबर छभरतपुर महानगरपालिका ८ मा रहेको शरदपुर माविको ४३ औं वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उदघाट्न गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले दुई पार्टीको स्पिरिटअनुसार नै आफू प्रधानमन्त्री बन्ने निश्चित भएको दाबी गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?