नेपालमा ३७७ पुगे कोरोना संक्रमित : प्रधानमन्त्री

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसदमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ३७७ रहेको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितहरु कहाँका भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यद्यपी प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा नेपालमा कुल संक्रमितको संख्या ३७७ रहेको बताएका हुन् ।

अहिलेसम्म स्वास्थ्य मन्त्रालयका अनुसार भने नेपालमा जम्मा संक्रमितको संख्या ३७५ नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?