प्रिमियर लिगको प्रशिक्षण मंगलबारबाट हुने

काठमाडौं । इंग्लिस प्रिमियर लिगका क्लबहरुले  मंगलबारबाट सानो समूह बनाएर प्रशिक्षण थाल्ने भएका छन् । सोमबार बसेको बैठकले कोरोना भाईरसको महामारीपछि रोकिएको प्रशिक्षण आज मंगलबारबाट गर्ने निर्णय गरेको हो ।

प्रिमियर लिगको प्रोजेक्ट रीस्टार्ट अन्तर्गत पहिलो कदमको रुपमा मंगलबारबाट प्रशिक्षण थाल्ने निर्णय गरिएको बताईएको छ ।

तर, खेलाडीले सामाजिक दुरी कायम राख्नु पर्नेछ । एक अर्काविरुद्ध सम्पर्क गर्न पाउने छैनन् । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।

प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?