माधव नेपालको वडामै एमाले पराजित

रौतहट, ४ असोज ।एमाले नेता माधव नेपालको वडामा उनको पार्टी नेकपा एमाले पराजित भएको छ । रौतहटको गौर नगरपालिकाको वडा नंं. १ मा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै लोकतान्त्रिक फोरमका उम्मेदवार भरत साह विजयी भएका छन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घर भएको र मतदान गरेकै वडामा एमाले पराजित भएको हो । गौरको वडा नम्बर २ मा भने राजापाका राकेशकुमार झा विजयी भएका छन । मेयरमा भने नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?