काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २० हजार १८० जनाको मृत्यु भएको छ भने ४८ लाख ९४ हजार ९८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख ८ हजार ६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ७६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा पनि कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार १६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार १३९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८११ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ७ जनाको मृत्यु भईसकेको छ । त्यहाँ ३९ हजार २३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
सोमवार मात्रै भारतमा ४ हजार ६३० जना संक्रमित थपिएका थिए भने सोमवार नै १३१ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया