अमेरिकामा कोरोनाको प्रकोप जारी : पछिल्लो २४ घण्टामा १ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २० हजार १८० जनाको मृत्यु भएको छ भने ४८ लाख ९४ हजार ९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १९ लाख ८ हजार ६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ७६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाको महामारीबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ९१ हजार ९८१ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ५० हजार २९४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा जम्मा संक्रमित मध्ये ३ लाख ५६ हजार ३८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८६८ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २८ हजार ४८० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६१ हजार २६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा १० हजार ४४८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५० हजार ८७ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा सोमवार मात्रै २२ हजार ६३० जना नयाँ संक्रमित थपिएका छन् भने अमेरिकामा सोमवार नै १ हजार ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?