दूध किन्न जाँदा प्रहरीले हान्यो भाटा, खुट्टा भाँचियो

सधैंझै आइतबार बिहान नजिकैको दूध पसल जाँदै थिए वीरगन्ज–१६ का ६७ वर्षीय नागेन्द्र पटेल । नेपाल दूरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी पटेल दुई नातिनीका लागि हरेक दिन त्यसैगरी दूध लिन जान्थे ।

नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको ? कहाँ जान लागेको ? सोधर जहाँबाट आएको उतै फर्कन आदेश दिए ।

चोकमा अरु मानिस पनि उभिइरहेका थिए । प्रहरीले त्यति भनेपछि पटेल फर्किए ।
पछाडि फर्किनेबित्तिकै जोडले दाहिने खुट्टामा प्रहरीले लाठी प्रहार गर्यो । उनी त्यहीँ ढले । चिनजान रहेको बसपार्ककै रामायण होटलका साहु भेलालगायत व्यक्तिले उनलाई बोकेर घर पुर्याए । हिँडडूल गर्न नसकेपछि छोराले उपचारका लागि नेसनल मेडिकल कलेज लगे । एक्सरेमा खुट्टाको हड्डी भाँचिएको पाइयो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?