काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म विश्वभर ३ लाख १८ हजार ३ सय ६२ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४८ लाख ५५ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म १८ लाख ८८ हजार ९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमित मध्ये ४३ हजार ९ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ९१ हजार ३ सय ६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ४ सय ५९ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १५ लाख ३५ हजार १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा संक्रमित मध्ये १५ हजार ९ सय ८५ जनाको अवस्था गम्भीर रहेको छ । भने ३ लाख ५१ हजार ३ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ३ सय २८ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण २ हजार ७ सय २२ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख ९० हजार ६ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ८ हजार ९ सय २६ जनामा कोरोना संक्रमण देखिएको र ९१ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म रसियामा ७० हजार २ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ७ सय ९ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ७८ हजार १ सय ८८ जना मानिस कोरोना संक्रमणको शिकार भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ४ सय ६९ जनामा संक्रमण देखिएको र ५९ जनाको ज्यान गएको छ ।
बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ६० जनाको ज्यान गएको छ । यापे समाचार तयार पार्दासम्म बेलायतमा कोरोनाको कारण ३४ हजार ७ सय ९६ जनाको ज्यान गएको र २ लाख ४६ हजार ४ सय ६ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमित मध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा कोरोना भाइरस (कोभिड १९ ) बाट २ लाख ४५ हजार ५सय ९५ जना संक्रमित भएका छन् । भने १६ हजार ३ सय ७० जनाको कारोनाको कारण मृत्यु भएको छ । त्यहा ९४ हजार १ सय २२ जना उपचारपछि घर फर्किएका छन् । साथै १ लाख ३५ हजार १ सय ३ जना अहिलेपनि उपचाररत रहेका छन् । वल्डोमिटरको अनुसार त्यहा ८ हजार ३ सय १८ जनाको अवस्था गम्भिर रहेको छ । बितेको २४ घण्टामा ४ हजार ५ सय १५ जना नया संक्रमित थपिएका छन् भने २ सय ५२ जनाको मृत्यु भएको छ । ब्रालिजमा ७ लाख ३५ हजार २ सय २४ जनामा परिक्षण गर्दा २ लाख ४५ हजार ५ सय ९५ मा कोरोना संक्रमण देखिएको हो ।
छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ, भने १ लाख ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा भारतमा ४ हजार ६ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ३० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया