काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ९१ हजार ३ सय ६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ४ सय ५९ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १५ लाख ३५ हजार १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
अमेरिकामा संक्रमित मध्ये १५ हजार ९ सय ५ जनाको अवस्था गम्भीर रहेको छ । भने ३ लाख ५१ हजार ३ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ३ सय २ जनाको ज्यान गएको छ ।
यो समाचार तयारपार्दासम्म विश्वभर कोरोनाका कारण विश्वभर ३ लाख १८ हजार २ सय ९९ जनाको मृत्यु भएको छ । त्यस्तै, ४८ लाख ५४ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनालाई जितेर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १८ लाख ८७ हजार २४ रहेको छ ।
त्यस्तै, छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ, भने १ लाख ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । आजमात्रै ४ हजार ६ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २७ घण्टामा भारतमा कोरोनाका कारण १ सय ३० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया