सोमवार थप ४ जिल्लामा फैलियो कोरोना, कर्णाली प्रदेशमा पहिलोपटक

काठमाडौं । सोमवार नेपालका थप ४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा सोमवार कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालका ३४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । भने कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएसँगै सातै प्रदेशमा कोरोना संक्रमण देखिएको छ ।

सोमवार पहिलोपटक गुल्मीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेमा गुल्मी मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुष रहेका छन् । उनको भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार राति थप खोटाङ हलेसी निवासी १ जना पुरुष, दैलेख आठबिस निवासी १ पुरुष, सुनसरी निवासी १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

आज मात्र नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । हालसम्म ३६ जना कोरोना उपचारपछि घर फर्किएका छन् । भने २ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?