काठमाडौं – नेपालका सातै जिल्लामा कोरोना भाइरसको महामारी फैलिएको छ । यसअगाडी कर्णाली प्रदेशमा कोरोना संक्रमण नदेखिएकोमा आज राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक ‘नोटिस’ जारी गर्दै दैलेख जिल्लामा कोरोना भेटिएको जनाएको छ ।
सोमबार राति पुष्टि भएका १८ जना संक्रमितमध्ये दैलेखका एक जनामा पनि कोरोना पुष्टि भएपछि अब देशभरका सातै प्रदेशमा यो संक्रमण फैलिएको छ ।
दैलेखको आठविस नगरपालिका – १ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै कर्णाली प्रदेशको एउटा जिल्लामा कोरोना भित्रिएको हो ।
नेपालमा एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि
सोमवार बिहान ९ जना, दिउँसो ५३ जना र बेलुका १८ गरि नेपालमा एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिले सोमबार राति १० बजे थपिएका संक्रमितहरु धनुषा निवासी २ पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नरैनापुर निवासी १२ पुरुष, दैलेख आठबिस १ निवासी १ पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमवार बिहान कोरोना संक्रमण पुष्टि हुनेमा रौतहट इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । भने बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोमवार दिउँसो थप ५३ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको विवरण अनुसार बाँकेका ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा गरीएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै सोमवार दिउँसो विराटनगरका १ पुरुष (मोरङको प्रयोगशालामा परीक्षण), गुल्मीका ४१ वर्षीय १ पुरुष (भैरहवाको प्रयोगशालामा परीक्षण) मा कोरोना संक्रमण देखिएको हो । भने धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ गरी ६ जना पुरुषमा काभ्रेको धुलिखेल अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । नेपालमा हालसम्म कोरोनाको कारण २ जनाले ज्यान गुमाइसकेका छन् । वाग्मती प्रदेश र प्रदेश ५ का एक एक जना गरी नेपालमा दुई जनाको मृत्यु भएको छ । भने ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
खोटाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
खोटाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा खोटाङका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा ४०५ जना उच्च जोखिममा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आईसोलेसनमा कुल ४१२ जना रहेको जनाएको छ ।
नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले संभावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जनाएको छ ।
तिमध्ये काठमाडौंमा २६ जना र काठमाडौंबाहिर ३ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ४०५ जना रेड जोनमा परेका छन् । यसको अर्थ संभावित संक्रमित हो । उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले मोबाईल एप्लिकेसन र वेवसाईटमा आफ्नो स्वमूल्याकंन फाराम भरेकाहरुमध्ये ४०५ जना रेड जोनमा परेका हुन् ।
कुन उमेरसमूहलाई बढी प्रभाव ?
यो संक्रमण नेपालमा २ महिने शिशुदेखी ८४ वर्षियासम्मलाई देखिएको छ । तर गत वर्ष माघ ९ गते पहिलो ‘केस’ देखिएदेखी हालसम्म को विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ । आज थपिएकाहरु पनि १८ वर्षदेखी ४६ वर्ष उमेर समूहका छन् । कुल संक्रमितमध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।
कुल ३४ जिल्लामा
सोमबार थप ४ जिल्लामा थपिएसँगै नेपालका कुल ३४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कति भयो परीक्षण ?
नेपालमा पिसीआर विधीबाट हालसम्म ३० हजार ७ सय २३ जनाको परीक्षण गरिएको छ । आरडीटि विधीबाट ६९ हजार ५ सय ६० वटा परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट २ हजार ५ सय ५८ जनामा कोरोना जाँच गरीएको छ ।
यस्तै गत २४ घण्टामा मात्रै आरडीटि विधीबाट टेष्ट गर्दा १ हजार ७ सय ९१ जनामा संक्रमण छ /छैन भनेर जाँच गरिएको छ ।
प्रदेश १ मा ९ हजार २ सय १७, प्रदेश २ मा ६ हजार २२, वाग्मती प्रदेशमा ११ हजार ९ सय २३ गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जना, प्रदेश ५ मा ९ हजार १ सय ३२ जना, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सुदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनामा कोरोना जाँच गरिएको छ ।
२० हजार ९० जना क्वारेन्टाईनमा
हाल २० हजार ९० जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश १ मा १ हजार १ सय ८० जना, प्रदेश २ मा ३ हजार ८० जना, वाग्मती प्रदेशमा २ सय ८५ जना, गण्डकी प्रदेशमा ३९३ जना, प्रदेश ५ मा १२ हजार ८ सय १५ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ३० जना क्वारेन्टाईनमा बसेका छन् ।
गुल्मीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
गुल्मीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गुल्मीका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भैरहवाको प्रयोगशालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि
धादिङका थप एक पुरुषमा कोरोना संक्रमण भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार धादिङका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।धुलिखेल अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि काठमाडौं सतुंगल बस्ने धादिङ गल्छी गाउँपालिकाको महिलामा कोरोना पुष्टि भएको थियो । उनी अस्पतालमा उपचाररत छिन् ।
नेपालका ३४ जिल्लामा फैलियो कोरोना
नेपालका ३४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १ नयाँ जिल्ला गुल्मी, सुनसरी, दैलेख र खोटाङमा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालका ७७ मध्ये ३४ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया