काठमाडौं । खोटाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा खोटाङका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिले १८ जना कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा जम्मा संक्रमितको संख्या ३७५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ र ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया