नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ३७५ पुगे

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिले थपिएका संक्रमितहरु धनुषा निवासी २ पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नरैनापुर निवासी १२ पुरुष, दैलेख आटबिस १ निवासी १ पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनप्हरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?