विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल, यस्तो छ अंक तालिका

काठमाडौँ, १ फागुन – विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छनेपालले समूह चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो भोलि नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो अहिलेसम्मको अंतालिका यस प्रकार छदेश म्याच जित हार बराबरी अंक रनरेटक्यानडा ४ ३ १ ० ६ १.११६नामिबिया ४ ३ १ ० ६ ०.७८७नेपाल ४ ३ १ ० ६ –०.१५८युएइ ४ २ २ ० ४ १.२२१ओमान ४ १ ३ ० २ –०.६२९केन्या ४ ० ४ ० ० –२.१९८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?