१४ जेष्ठ २०८०, आईतवार

पराष्ट्रमन्त्री महरा राष्ट्रसंघको ७२ औँं महासभाको उद्घाटन समारोहमा सहभागी

२०७४,आश्विन,४,बुधबार ०६:२१

0
Shares

काठमाडौँ, ४ असोज ।उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्र संघको ७२ आँैं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन ।न्युयोर्क्स्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का लागि मर्या्दित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरे ।सो अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको जबर्जस्ती श्रम, आधुनिक दास तथा मानव तस्करी कार्यक्रममा पनि सहभागी भए ।सो अवसरमा महराले संयुक्त राष्ट्र संघअन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताए । उनले जबर्जस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिबद्धता जनाएको स्पष्ट पारे ।त्यसअघि परराष्ट्र मन्त्री महरा दिगो विकासका लागि पानी भन्ने अन्तक्र्रियामा सहभागी भएका थिए । सो अन्तक्र्रियामा सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्नसक्ने पानीको पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्री महराले सहभागिता जनाए । त्यस लगतै मन्त्री महरा महासचिव एन्टोनियोले आयोजना गरेको भोगमा सहभागी भएका थिए ।त्यसैगरी महराले मित्रराष्ट्र नर्वेका विदेश मन्त्री बोर्जे ब्रेन्डेसँग द्विपक्षीय वार्ता गरे । वार्तामा द्विपक्षीय सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको थियो ।महासभाकै अवसरमा उपप्रधानमन्त्री महराले दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नेछन । त्यस्तै उनले असंलग्न आन्दोलन (जि७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकासशील मुलुकको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन ।महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्युयोर्क पुग्दै छन ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०६:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९