सर्वाधिक धनराशीको प्रधानमन्त्री कप महिला क्रिकेट हुने

गगन अयडी धनगढी, फागुन १–फागुन ९ गतेदेखि धनगढीमा सर्वाधिक धनराशीको प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिव्र पारीएको छ पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको लाग तयारी तिव्र पारीएको आज धनगढीमा आयोजीत पत्रकर सम्मेलनमा जानकारी दिईएको छ । फागुन ९ देखि १४ गतेसम्म धनगढी स्थीत फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको हो प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ । प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको र सबै ट वटा टिमको सहभागीता बारे टुङगो लागीसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ । प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालीका बनाईने आयोजक कैलाली जिल्ला खेलकुद विकस समितीका अध्यक्ष दिपक सिहले बताए यस्तै प्रतियोगीतामा सहभागीता जनाउने सुदुरपश्चिमको टोलीले पनि अभ्यास सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?