कोरोनाबाट मृतक महिलाको बच्चालाई १२ कक्षासम्म पूर्वमन्त्री बस्नेतले पढाउने

मेलम्ची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो ।

मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताउका हुन् । यो सहयोग शिशुको बुवा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए ।

त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?