२३ सङ्क्रमितको पुनः स्वाब सङ्कलन

नेपालगञ्ज । नेपालगञ्जमा फेला परेका २३ सङ्क्रमितको आज पुनः स्वाब सङ्कलन गरिएको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना विशेष अस्पतालमा उपचाररत २५ मध्ये समयावधि पुगेका २३ सङ्क्रमितको कोरोना परीक्षणका लागि पुनः स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जका पहिलो सङ्क्रमितसहित २३ जनाको स्वाब सङ्कलन गरिएको छ ।

पछिल्लो पटक सङ्क्रमण भेटिएका दुई पुरुषको समयावधि पुगेपछि पुन परीक्षण गरिने बताए। पहिलो सङ्क्रमितको आजसहित तेस्रो पटक स्वाब सङ्कलन गरिएको हो ।

साठी वर्षीय पहिलो सङ्क्रमितको यसअघि गत हप्ता गरिएको पुनः परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?