सांसद यादवको प्रश्न : प्रदेशका काम के ?

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गरेका छन् । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले लकडाउनको समयावधि बढाइरहेपनि संक्रमितको संख्या पनि बढिरहेको उनले बताए । अहिलेका स्वास्थ्य पूर्वाधारहरु कोरोना रोकथामका लागि पर्याप्त नभएको उनले बताए । कोरोना नियन्त्रणका लागि काम गर्न सरकारसँग प्रयाप्त समय भएपनि सरकारले त्यसो गर्न नसकेको उनले बताए ।

https://www.facebook.com/lokpath/videos/1163154120688981/?t=3

यादवले सरकारले ल्याएका नीति तथा कार्यक्रम संघीयतामुखि देखिएको बताएका छन् । कृषिको व्यवसायीकरण, अस्पताल निर्माण लगायतका अधिकतम योजनाहरु संघमुखि बनाएर संघीयतामाथि प्रहार भएको उनले बताए । ‘सबै काम संघले गर्ने भए प्रदेशका काम के ? देशलाई संघीय संरचनामा किन लग्यौँ ?’ उनले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?