नेपालका ३१ जिल्लामा फैलियो कोरोना

काठमाडौं । नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १ नयाँ जिल्ला (गुल्मि) मा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालका ७७ मध्ये ३१ जिल्लमा कोरोना संक्रमण फैलिएको हो ।

सोमवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।

उनीहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेको मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रसिङ गर्ने काम भइरहेको छ।

आज बाँकेमा ४६ पुरुष र एक महिला गरि जम्मा ४७ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमवार नै कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको जम्मा संख्या ३५७ पुगेको छ । जम्मा संक्रमित मध्ये ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भईसकेको छ ।

तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ भने पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, वाग्लुङ र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?