धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । धादिङका थप एक पुरुषमा कोरोना संक्रमण भएको छ ।

आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार धादिङका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा यो समाचार तयार पार्दासम्म जम्मा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ भने २ जनाको मृत्यु भईसकेको छ र ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् । ति मध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?