धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काभ्रेको धुलिखेलस्थित प्रयोगशालमा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा यो समाचार तयार पार्दासम्म जम्मा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ भने २ जनाको मृत्यु भईसकेको छ र ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

ति मध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?