गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

झापा । झापाको गौरादह-४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।

हिजो राति १० बजे रमेश दर्जीको घरमा ३ जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा २ वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेपछि आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानी झोडामा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?