काठमाडौं – देश लकडाउनमा छ । कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीबाट बच्न लकडाउन गरिएको ५६ औँ दिन भएतापनि भारतबाट आउनेहरुको उचित नियमन र कडिकडाउन गर्न नसक्दा देशमा कोरोना भाइरस ‘कोभिड-१९’ झनै बढ्दो रुपमा फैलिरहेको छ । नेपाल भारत खुल्ला सीमामा यस महामारीको सबैभन्दा ठूलो चुनौति बनेर उभिएको छ ।
आज सोमबार मात्रै प्रदेश नम्बर २ को रौतहट जिल्लामा थप ८ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा ‘कोभिड – १९’ को परीक्षणको दायरा बढाउँदै लैजाँदा संक्रमित पनि बढीरहेका छन् । तर विडम्बना लकडाउन उल्लंघन गरेर रातारात नेपाल प्रवेश गरेकामा, एम्बुलेन्सलाई भाडाको सवारीको रुपमा प्रयोग गरी नेपाल आएकोमा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।
केहीलाई तिनैको कारण पनि सरेको छ । भने कतिपय अवस्था यस्तो पनि देखिएको छ, सरकारले अत्यावश्यक सवारीको रुपमा सञ्चालन गर्न दिएको सवारीमा लुकेर समेत आएका वयक्तिमा संक्रमण पुष्टि हुनुले लकडाउनकोअर्थ र महामारीबाट बच्न सावधानीस्वरुप लिइएको नीतिलाई गिज्याईरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिलासहित ८ जनामा कोरोना पुष्टि भएको जनाएको छ । रौतहट प्रशासनले उनीहरुको ट्राभल हिस्ट्री खोजी सुरु गरेको छ। सबै संक्रमितहरु एक साताअघि भारतको विभिन्न राज्यबाट रेलबाट आएको खुलेको छ। समाचारस्रोतका अनुसार आज पुष्टि भएका संक्रमित बिहार, मोतिहारी जिल्लाको चैनपुर बजारसम्म आई त्यहाँबाट रौतहट पसेको खुलाशा भएपछि अझै जटिल स्थिती सिर्जना हुने भन्दै मानिसहरु डराइरहेका छन् ।
लकडाउनको ५६ औं दिन, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो
सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समय सम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ ।
अत्यावस्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेको थियो ।

कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको परिवारको रिपोर्ट आयो
यो पनि पढ्नुहोस् : थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ३०४ पुगे
यसअघि बाँके नरैनापुरका २५ वर्षिय यूवकको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । (प्रतिकात्मक तस्वीर)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया