काठमाडौं – गत गत बिहीवार धादिङको एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि गल्छी गाउँपालिका वडा नं ८ स्थित संक्रमित महिलाको घर , माईती, छिमेकी लगायत गाउँका ३८ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
काठमाडौं सतुंगलमा डेरा गरी बसेका छोरा र श्रीमानको पनि रिपोर्ट नेगेटिभ आएको छ । वाग्मती प्रदेशका प्रयोगशाला निर्देशक डाक्टर नारायण कार्कीको नेतृत्वमा धादिङ पुगेको समूहले ३६ जना स्थानीयहरुको स्वाब पीसीआर परीक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याएकोमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको हो ।
महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरेर माइतीघर गाउँ र घरतर्फका २० जनाको सूची तयार गरेको थियो । स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना नभएको पाईयो ।
संक्रमित महिलाको सम्पर्कमा रहेका सवैजनाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । महिलामा कोरोना पुष्टि भएपछि गाउँ नै सील गरेर स्वाब जाँचन पठाइएको थियो । यद्यपी उनीहरुको रिपोर्ट नेगेटिभ आएतापनि गाउँलाई भने अझै केही समय सील गरेरै राखिनेछ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
लकडाउनको ५६ औं दिन, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो
सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समय सम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ ।
अत्यावस्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेको थियो ।

कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको परिवारको रिपोर्ट आयो
यो पनि पढ्नुहोस् : थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ३०४ पुगे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया