ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थल बनाउन आवश्यक :प्रम देउवा

दमौली, तनहुँ, १ फागुन – प्रधानमन्त्री शेरबहादुर देउवाले ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ पराशर आश्रम संरक्षण समिति तनहुँद्वारा ब्यास नगरपालिका–५ को वेनीपाटनमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो प्रधानमन्त्री देउवाले ब्यास र पराशर क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउँदै मानुङकोट, तनहुँसुर, चुदी रम्घाजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि सम्बन्धीत सबै पक्षबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियता हुनुपर्नेमा जोड दिनुभयो प्रजातान्त्रिक आन्दोलनमा तनहुँले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चागर्दै उहाँले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा यस्ता धार्मिक कार्यले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो प्रधानमन्त्री देउवाले स्व गोवर्धन पोख्रेल र बुद्धसिंह रानाको योगदानको स्मरण गर्दै जिल्लाको सम्रग विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो संस्कृत गुरुकुलको उचित संरक्षण गर्नुपर्नेमा जोड दिदैं उहाँले ब्यास–३ भतेरी क्षेत्रमा आवश्यक संरचना निर्माणका लागि सरकारले रु १० करोड विनियोजन गरिएको जानकारी दिनुभयो ब्यास नगरपालिकाका प्रमुख बैकुृण्ठ न्यौपाने, महायज्ञका संयोजक ताराप्रसाद श्रेष्ठ र महासचिव सत्यप्रसाद खनाल लगायतले पुण्यको कार्यमा मन फुकाएर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो शिवालय, वृद्धाश्रम, पराशर सत्सङ्ग, सत्यवक्ती शिला र गुरुकुल विद्यालयको संरक्षण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो महायज्ञबाट रु दुई करोड उठाउने लक्ष्य लिएको छ । महायज्ञ फागुन ८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?