काठमाडौं । तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ । कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए ।
नगरपालिकाले लकडाउन अवधिमा काठमाडौँ उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो घर, टोल वा क्षेत्रमा प्रवेश गरेको जानकारी पाएमा तत्काल प्रहरीचौकी, स्वास्थ्यचौकी, वडा कार्यालय र नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ ।
नगरपालिकाभित्र सञ्चालित खाद्य सामग्री, तरकारी, ग्यास र दुग्धजन्य पसल दिनको एक पटक बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने बताइएको छ । नगरपालिकाभित्र सञ्चालित व्यवसाय एवं उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाको जिम्मा सम्बन्धित उद्योगधनी तथा व्यवसायीले पूर्ण रुपमा लिई सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ । यस्तै कुनै पनि वडामा राहत वितरण र खाना खुवाउने कार्य अब उप्रान्त नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया