यसकारण नेपाल हिन्दुराष्ट्र हुनुपर्छ

सुशान्त आचार्य
२०६३ जेठ ४ गते २०६२/६३ सालको जनआन्दोलनबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठकबाट एकाएक नेपाललाई जनआन्दोलनको म्याण्डेट विपरीत धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे ,यो किन भयो भन्ने जवाफ जिवित रहेका तत्कालीन सभामुख सुवासचन्द्र नेवाङ्ग ,काङ्ग्रेस नेता तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला वा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका परिवारका निकट सदस्य ,नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल ,नेकपा माओवादीका नेताहरुले मात्र जवाफ दिनसक्नुहोला । तर यस विषयमा हामी सनातन धर्मावलम्बीहरु स्पष्ट छौँ , विभिन्न तर्कका आधारमा धर्मपरिवर्तनलाई प्रश्रय दिनका निम्ति जनतालाई गरिएको धोका भन्दा फरक नपर्ला जस्तो मलाई लाग्छ ।

जेठ ४ को दिनलाई आम नेपाली जनताले नेपाल धर्मनिरिपेक्षता घोषणा भएको दिन भनेर अन्य महत्वपूर्ण घटनाक्रमका आधारमा सम्झिरहेका छन् । दूरदराज बाट सुगम ठाउँ सम्म गल्ली गल्लीमा चर्चहरुको संख्या दिनानुदिन बढिरहेको छ ,यतिमात्र हैन नेपाल सरकारको प्रधानमन्त्री केपी शर्मा ओली र समग्र सरकारको प्रत्यक्ष संलग्नतामा सोल्टी होटलमा ३ रात बसेर नेपाली जनताको अभिमतको धज्जी उडाउँदै धर्मान्तरणलाई प्रश्रय दिदै क्रिश्चियनिटीलाई मलजल गरेको त्यो घटना होलिवाइन काण्डले सर्वत्र चर्चा मात्र भएन विरोधपनि भयो ।

यहाँ विरोध गर्नेहरुपनि कम्तिका छैनन् पटक पटक त्यहि होलिवाइनका पैसाले र स्पोन्सरसिपले सपरिवार विदेश भ्रमण गर्छन् अनि यहाँ जनतालाई छारो हाल्न कथित युवाहरु आफ्नो शब्दवाणी प्रवाह गर्दछन् र संस्कार भनेर कुर्लिन्छन् ,यस्तालाई पनि सत्य कहिले डग्मगाउँदैन भनेझै सत्यको एकदिन अवश्य जित हुन्छ र यिनीहरुको पर्दाफास आफसे आफ हुन्छ ।तरपनि फेरि भन्नुपर्छ विगतको गल्ती सबैले सच्याउनुपर्छ ।

यसकारण हिन्दुराष्ट्र नेपाल हुनैपर्छ 

गौरवमय इतिहास रहेको मुलुक हो नेपाल । धार्मिक अखण्डता, भौगोलिक अखण्डता, धार्मिक सहिष्णुता, आपसी मेलमिलाप नेपालको पहिचान हो । अझ यो पहिचानलाई गोलबद्धरूपमा राख्न नेपालको ऐतिहासिकतालाई जोगाउन वैदिक सनातन हिन्दुराष्ट्र नेपाल आजको आवश्यकता हो । सत्य, त्रेता, द्वापर र कलियुगको तपोभूमि हो नेपाल । वैदिक कालमा ऋषिमहर्षिको तपोभूमि हो नेपाल । वैदिक धर्मको अखण्ड प्रचारक भूमि हो नेपाल । वेद, पुराण, उपनिषद्, गीता, आदि दर्शनले भरिपूर्ण भूमि हो– नेपाल ।

विश्वका विकसित राष्ट्रहरूले समेत आफ्नो पहिचान र राष्ट्रिय एकता र अखण्डताको प्रमुख आधारका रूपमा स्वीकारेको मौलिक धर्मको सम्मानपूर्वक संरक्षण गरिरहेका छन् ।

आज पनि हामीले हाम्रो पहिचानको रक्षा गर्न सकेनौँ भने भावि पुस्तालाई हामी के दिने रु के हस्तान्तरण गर्ने गम्भीर विषयको उठान भएको छ ।

आफ्नो जनसङ्ख्याको ७५ प्रतिशत जनता यहुदी भएको इजरायलले आफूलाई यहुदी राष्ट्र घोषणा गरेको छ । विश्वमा प्रजातन्त्रको जननी मानिएको देश बेलायतको २०११ को जनगणनाअनुसार त्यहाँ क्रिस्चियनहरूको जनसङ्ख्या ५९ प्रतिशत मात्र भए पनि हरेक हिसाबले त्यो देशलाई क्रिस्चियन राष्ट्र मानिन्छ । त्यहाँका प्रमुख दलका नेता र प्रधानमन्त्रीले बेलायत इसाई राष्ट्र हो भन्ने कुरालाई सगौरव प्रस्तुत गर्छन् ।

विश्वमा आज पनि ७१ देश क्रिस्चियन, ५४ देश इस्लाम, ९ देश बुद्धिष्ठ र एक यहुदी धर्मलाई राष्ट्रिय धर्मका रूपमा स्वीकारेका गरेका मुलुकहरू छन् ।

यसबाट नेपालले पनि पाठ सिक्न जरुरी छ । ९४ प्रतिशत जनसङ्ख्या ॐ कार परिवारका रहेका छन् । विश्वका माथिका उदाहरण हेरेर भए पनि नेपाल हिन्दुराष्ट्रको पथमा उभिन आवश्यक छ । विश्वको एक मात्र हिन्दुराष्ट्र भनेर विश्वसामु परिचय दिन आवश्यक छ । आफ्नो धर्म, संस्कार र संस्कृतिको रक्षा सबैको दायित्व हो ।यसर्थ बिगतको गल्तीबाट पाठ सिक्दै पुनस् मुलुकलाई वैदिक सनातनीहरुको राष्ट्र हिन्दु राष्ट्र घोषणा गरिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?