काठमाडौं । कतार सरकारले कोरोना भाइरस फैलिनबाट रोक्नको लागि नयाँ नियम बनाएको छ ।
त्यहाँ मास्क नलगाई सार्वजनिक स्थानमा निस्किएमा तीन वर्षको जेल सजाय हुने नयाँ नियम लागू भएको हो ।
कतारमा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट १५ जनाको मृत्यु भएको छ भने ३२ हजार ६०४ जनालाई संक्रमण भएको छ ।
कतारमा २७.५ लाख मात्र मानिसहरु रहेका छन् । यस्तो अवस्थामा संक्रमण फैलिनबाट रोक्नका लागि कडा कदम उठाइएको छ ।
कतारका साथै साउदी अरबमा पनि कोरोना भाइरस फैलिनबाट रोक्नका लागि विभिन्न कानूनहरु बनाइएका छन् ।
त्यहाँ रमजानको मौकामा पनि मक्का जस्तो शहर पूरा बन्द गरिएको छ । साथै त्यहाँ हज यात्रामा रोक लगाइएको छ ।
कतारमा नियम तोड्ने वा पालना नगर्नेलाई जेलका साथै ५५ डलरको जरिवाना लगाउने नियम लागू भएको छ । सोसल डिस्टेन्सिङको साथै भीड एकत्र नगर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।
२०२२ को विश्वकप तयारी
कतारमा सन् २०२२ मा फीफा विश्व कपको आयोजना हुँदैछ । यस्तो अवस्थामा त्यहाँ विभिन्न कामहरुलाई अगाडि बढाइएको छ ।
त्यहाँ निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण कार्य भईरहेको छ ।
अधिकारीहरुका अनुसार तीन वटा स्टेडियममा काम गरिरहेका मजदूरमा कोरोना पोजेटिभ पाइएको छ । त्यसैले मास्कलाई त्यहाँ अनिवार्य गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया