भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । विश्वमा यतिबेला कोरोना भाइरसको महामारी व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख १६ हजार ७०७ जनाको मृत्यु भएको छ भने ४८ लाख ४ हजार २९४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १८ लाख ५८ हजार ७५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ८२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ३ हजार २५ जनाको मृत्यु भईसकेको छ भने ९५ हजार ६९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जम्मा संक्रमितमध्ये ३६ हजार ७९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

भारतमा आईतवार मात्रै ५ हजार ५० जना संक्रमित थपिएका छन् भने आईतवार नै १५४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?