अमेरिकामा ह्वात्तै घटे मृतक र संक्रमित

काठमाडौं । विश्वमा यतिबेला कोरोना भाइरसको महामारी व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख १६ हजार ६७३ जनाको मृत्यु भएको छ भने ४८ लाख २ हजार ३७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १८ लाख ५८ हजार १७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ८२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९० हजार ९७८ जनाको मृत्यु भईसकेको छ भने १५ लाख २७ हजार ६६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ४६ हजार ३८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २८ हजार ३२५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५९ हजार ८४७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा १० हजार ३६६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४८ हजार १९१ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा आईतवार मात्रै१९ हजार ८९१ जना नयाँ संक्रमित थपिएका छन् भने आईतवार नै अमेरिकामा ८६५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?