हात्तीको आक्रमणबाट दुईको मृत्यु

राजविराज, १ फागुन – सप्तरी कंचनपुरस्थित कोशी टप्पुमा हात्तीको आक्रमणबाट आज दुईजना महिलाको मृत्यु भएको छ कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक्कासि निस्केको हात्तीले आक्रमण गर्दा कंचनरुप नगरपालिका–५ की ३७ वर्षीया मञ्जु साह र ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ घाँस, दाउरा खोज्न आरक्षतर्फ जाँदै गर्दा उनीहरुलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाइएको छ । हात्तीले उनीहरुमाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुसँगै जाँदै गरेकी बुधनीदेवी सदा भने भाग्न सफल भएकी छन् सो क्षेत्रमा दैनिक हात्ती आतंक बढ्दा स्थानीयवासी डरले रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?