सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी

राजविराज, ४ असोज ।सप्तरीको राजविराज नगरपालिका बाहेक १७ वटा स्थानिय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ ।पछिलो पटक जिल्ला निर्वाचन कार्यलयले आज दिएको मत परिणम अनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका २ सकरदहीमा राष्ट्रिय जनता पार्टी ९राजपा०नेपालका वडा अध्यक्ष युवा उम्मेदवार सन्तोष यादव गोइतको प्यानल बिजयी भएको छ ।गोइतले २४२ मत लाएका छन भने उनका निकटम प्रतिद्धोन्दी फोरम नेपालका सहिन मगरदैता यादवले ११० मत प्राप्त गरेका छन ।राजपाका तर्फबाट दलित महिला सदस्य राजकुमारी सदा, सदस्य शिवचरणण मण्डल र रामकिसुन खडकासहित राजपाको प्यानले बिजयी भएको राजपाले जनाएको छ ।यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ८ मा पनि राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार लक्षमी खंग मण्डलको प्यानले बिजयी भएको छ ।त्यस्तै हिजो मात्र सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै बिजय भएको छ ।जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका वडा नं. १५ का वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा भोली असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकको मतगणना कार्य सुरु हुन नसकेको र अहिले १७ वटा स्थानिय तहमा मतगणना जारि रहेको बताइएको छ ।मतगणना परिणमा अनुसार मुख्य पाँच दलहरु बिच तिव्र प्रतिस्पर्धा देखिएको छ ।नोपाली काँग्रेस, नेकपा एमाले, मोवादी केन्द्र, फोरम नेपाल र राजपा नेपाल बिच तिव्र प्रतिस्पर्दा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।यस्तै बिष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले आग्रता कायम गर्नुभएको छ ।सुरुङगा नगरपालिकाको प्रमुखमा एमाले ७३५ मतले अगाडि छन भने फोर नेपा ५८१ म्तबाट दोश्रो स्थानमा र ४५४ मतबाट नेपाली काँग्रेस तेश्रो स्थानमा आफनो आग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?