कोरोना संक्रमित जलाएपछि बन्द भयो विद्युुतीय शवदाह गृह

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ ।
शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् । शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ ।

कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपियाँ बजेट निकासा गरेको छ ।

भाइरस सङ्क्रमणयुक्त शवदाह गर्दा अपनाउनुपर्ने पूर्वतयारी र यसका लागि आवश्यक रसायन उपकरण तथा शवदाहपछि शवदाह गृहलाई निर्मलीकरण गरिने प्रक्रिया कोषले थालेको छ ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?