नेपाल प्रहरीका ६० जना इन्सपेक्टर डिएसपी बढुवाको लागि सिफारिस (सुचीसहित)

काठमाडौं : नेपाल प्रहरीले ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारीस गरेको छ । आइतबार प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको वैठकले ६० जना इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो ।

इन्सपेक्टरबाट डिएसपीमा बढुवा सिफारिस भएकाहरुमा पृथ्वीनारायण ओली , केदारराज पन्त, जयराम कुईंकेल, कविन्द्र कुमार कार्की, पंचकुमार बाखु, प्रमेश विष्ट , सुर्यबहादुर थापा , नविनराजा वुढाथोकी, कुमार प्रसाद मैनाली, पूर्णिमा कुमारी चन्द लागायत ६० जना रहेका छन् । प्रहरी प्रधान कार्यालयले जारी गरेको बढुवा सिफरिस सुचीअनुसार केही विभागिय र  ०६७ ब्याचका धेरै रहेका छन् । नेपाल प्रहरीको डिएसपी बढुवाको लागी बढुवा समितिको अध्यक्ष माहानिरिक्षक ठाकुरप्रसाद ज्ञवाली साथै सदस्य सचिवमा एआईजी शैलेश थापा रसदस्यमा गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य रहेका छन् ।

बढुवा सिफारिस परेकाको नामावली निम्नअनुसार छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?