काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरस ( कोभिड-१९ ) संक्रमित दर उच्च हुदै गएको छ । बितेको २४ घण्टामामात्र ५ हजार जना नया संक्रमित देखा परेका छन् । वल्डोमिटरको अनुसार त्यहा ९५ हजार ६ सय ४८ जना संक्रमित भएका छन् भने ३ हजार २५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
भारतमा ३६ हजार ७ सय ९४ जना उपचारपछि निको भएका छन् भने ५५ हजार ८ सय २९ जना उपचाररत रहेका छन् । कोरोना महामारीको कारण भारतले मे ३१ सम्म देशभर लकडाउनलाई निरन्तरता दिएको छ
यसैगरी, रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण ९४ जनाको ज्यान गइसकेको छ । हालसम्म २ हजार ६ सय ३१ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको रसियामा २ लाख १८ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।
भने हालसम्म ६७ हजार ३ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यहाँ बितेको २४ घण्टामा मात्र ९ हजार ७ सय ९ जनामा कोरोना संक्रमण देखिएको र २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस ( कोभिड-१९ ) बाट १५ लाख १५ हजार ३ सय ११ जना संक्रमित भएका छन् । वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म ९० हजार ३ सय ३२ जनाले कोरोनाको कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, ३ लाख ४० हजार ६ सय ९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै १० लाख ४ हजार ३ सय ७० जना अहिलेपनि कोरोनासँग जुधिरहेका छन् अर्थात् उपचाररत छन् । जसमा १६ हजार २ सय ४ जनाको अवस्था गम्भिर रहेको छ । बितेको २४ घण्टामामात्र अमेरिकामा ७ हजार ५ सय ३८ जना नया संक्रमित देखिए भने २ सय १९ जनाको मृत्यु भएको छ । त्यहाँको न्यूयोक राज्यमामात्र ३ लाख ५८ हजार ९९ जनामा कोरोना संक्रमण देखिएका छ । जससध्ये २८ हजार १३४ जनाको मृत्यु भएको छ । अन्य राज्यको अवस्था यस्तो छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण हालसम्म विश्वभर ३ लाख १४ हजार ६ सय ८७ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४७ लाख ७१ हजार ६ सय ९७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने संक्रमित मध्ये ४४ हजार ८ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ४३ हजार ८ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया