काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख १४ हजार ६ सय ८३ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४७ लाख ७१ हजार ६ सय ७६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने संक्रमित मध्ये ४४ हजार ८ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म १८ लाख ४३ हजार ८ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट १५ लाख १५ हजार ३ सय ११ जना संक्रमित भएका छन् । वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म ९० हजार ३ सय ३२ जनाले कोरोनाको कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, ३ लाख ४० हजार ६ सय ९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै १० लाख ४ हजार ३ सय ७० जना अहिलेपनि कोरोनासँग जुधिरहेका छन् अर्थात् उपचाररत छन् । जसमा १६ हजार २ सय ४ जनाको अवस्था गम्भिर रहेको छ । बितेको २४ घण्टामामात्र अमेरिकामा ७ हजार ५ सय ३८ जना नया संक्रमित देखिए भने २ सय १९ जनाको मृत्यु भएको छ । त्यहाँको न्यूयोक राज्यमामात्र ३ लाख ५८ हजार ९९ जनामा कोरोना संक्रमण देखिएका छ । जससध्ये २८ हजार १३४ जनाको मृत्यु भएको छ । अन्य राज्यको अवस्था यस्तो छ ।
भारतमा पछिल्लो समय कोरोना भाइरस ( कोभिड १९ ) संक्रमित दर उच्च हँुदै गएको छ । बितेको २४ घण्टामामात्र ५ हजार जना नया संक्रमित देखा परेका छन् । वल्डोमिटरको अनुसार त्यहा ९५ हजार ६ सय ४८ जना संक्रमित भएका छन् भने ३ हजार २५ जनाको कोरोनाको कारण ज्यान गएको छ । भारतमा ३६ हजार ७ सय ९४ जना उपचारपछि निको भएका छन् भने ५५ हजार ८ सय २९ जना उपचाररत रहेका छन् । कोरोना महामारीको कारण भारतले मे ३१ सम्म देशभर लकडाउनलाई निरन्तरता दिएको छ ।
रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण ९४ जनाको ज्यान गइसकेको छ । हालसम्म २ हजार ६ सय ३१ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको रसियामा २ लाख १८ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म ६७ हजार ३ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यहाँ बितेको २४ घण्टामा मात्र ९ हजार ७ सय ९ जनामा कोरोना संक्रमण देखिएको र २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार ६ सय ५० नाघेको छ । हालसम्म त्यहाँ २ लाख ७७ हजार ७ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र १ हजार २ सय १४ जनामा कोरोना संक्रमण देखिएको र ८७ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने हालसम्म १ लाख ९५ हजार ९ सय ४५ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ३४ हजार ६ सय ३६ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ हजार १ सय ४२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ३ पुगेको छ । भने संक्रमित मध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र १ सय ७० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा यो समाचार तयार पार्दासम्म २ लाख ३३ हजार ६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टमा मात्र कोरोनाको कारण ३५ जनाले ज्यान गुमाएका छन् । भने हालसम्म कोरोनाको कारण ब्राजिलमा १५ हजार ६ सय ६८ जनाले ज्यान गुमाएका छन् । साथै ८९ हजार बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै इटालीमा बितेको २४ घण्टमा मात्र कोरोनाको कारण १ सय ४५ जनाले ज्यान गुमाएको र ६ सय ७५ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म त्यहाँ कोरोनाको कारण ३१ हजार ९ सय ८ जनाले ज्यान गुमाइसकेका छन् भने २ लाख २५ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । साथै हालसम्म १ लाख २५ हजार १ सय ७६ जना कोरोना उपाचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया