आइसोलेशनमा रहेका सुत्केरी र जुम्ल्याहा घर फिर्ता

काठमाडौं । तुलसी बाल अस्पताल तुलसीपुरको आइसोलेशनमा रहेका तुलसीपुर उपमहानगरपालिका-१३ की ३५ वर्षीया सुत्केरी अनिता यादव र जुम्ल्याहा शिशुलाई आज अस्पतालले डिस्चार्ज गरेको छ ।

आठ दिनदेखि अस्पतालको नवजात शिशु अतिसघन कक्ष (एनआइसियु) मा उपचार भइरहेका जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा किशोर खत्रीले जानकारी दिए ।

गत शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यादवले कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । घर पठाउने क्रममा अस्पतालका व्यवस्थापक प्रमुख कमला बस्नेतले पौष्टिक आहार खुवाउनका लागि सुत्केरीलाई नगद र कपडा प्रदान गरेका थिए ।

रासस

तस्वीर : गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?