कुखुरा बोक्ने जीपको ठक्करबाट एकको मृत्यु

दाङ, १ फागुन – जीपको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?