काठमाडौँ, १ फाल्गुन- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका छन् । एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनेको अनौपचारिक सूचना बाहिर आएका बेला प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका हुन् ‘केही समय अगाडि मात्रै चितवनका काँग्रेस नेताहरुले मलाई चाँडो प्रधानमन्त्री बनेर आउन भन्नुभएको छ । आमन्त्रण गर्नु भएको छ । तपाईंहरुलाई विश्वास र भरोसका लागि धन्यावाद छ । अझै टुंगिएको त छैन् । तर, ढिलोचाँडो छिटो प्रधानमन्त्री भएर आउछु ।’ प्रचण्डले चितवनको एक विद्यालयको कार्यक्रममा भने प्रचण्डले थपे, ‘म तुरुन्तै प्रधानमन्त्री भए पनि वा अलि ढिला भएपनि तपाईंहरुकै साथमा रहनेछु ।’प्रचण्ड र ओलीवीच आज पार्टी एकताका विषयमा फेरि संवाद हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया