नेपालमा आज मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतवार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार बिहान राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै रौतहट इशनाथ नगरपालिका निवासी ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

त्यस्तै आज बेलुका नै स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारीका अनुसार विराटनगरकी २९ वर्षीया महिला र ३६ वर्षका पुरुष तथा धनकुटाकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ सय ९५ पुगेको छ । हालसम्म कोरोना उपचारपछि निको भएर ३६ जना घर फर्किएका छन् भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

कोरोनाको नयाँ लक्षण देखिए पछि ‘डब्ल्युएचओ’ले दियो चेतावनी, के हो नयाँ लक्षण ?

कोरोना महामारीकाबीच बालबालिकामाथि अर्को खतरा १ डाक्टरहरु नै अन्योलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?