लकडाउनमा सुनसान स्वयम्भू (फोटोफिचर)

काठमाडौं । नेपालमा आज लकडाउन भएको ५५ दिन पुगेको छ । लकडाउनका कारण सधैँ जसो व्यस्त हुने सडक तथा अन्य सार्वजनिक स्थानहरु सुनसान बनेका छन् । यसैक्रममा आन्तरिक तथा बाह्य पर्यटकको आगमन नटुटने स्वयम्भूनाथ स्तुपामा यतिबेला सुनसान छाएको छ ।

अन्य समय साँझको बेला स्तुपाको डाँडाबाट काठमाडौंको झिलिमिलि हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड लाग्ने गर्दथ्यो । तर लकडाउनका कारण हामी त्यहाँ पुग्दा सुनसान देखिन्थ्यो । केही मानिसहरु आएका थिए । भने बाँदरहरु बग्रेल्ती रुपमा त्यहाँ खेलिरहेको देख्न सकिन्थ्यो । स्वयम्भू मात्र होइन अन्य पर्यटकहरुको भीडभाड लाग्ने ठाँउमा समेत यतिबेला लकडाउनका कारण सुनसान बनेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?