बहुचर्चित युनिटीका लाइफका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

काठमाडौं । युनिटी नेटवर्किङ व्यवसायका कारण विवादमा तानिएका विष्णु क्षेत्रीको आइतबार मृत्यु भएको छ । उनको आईतवार बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका सञ्चालक लोक बहादुर टण्डनका अनुसार मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । यस्तै उनमा अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको पनि बताइएको छ ।

बहुचर्चित युनिटी घोटाला काण्डको मुख्य अभियुक्त मानिएका विष्णु केही समय जेल समेत बसेका थिए । केही वर्ष पहिले उनले कारबाही बाट बच्न मृत्यु भएको नाटक समेत रचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?