नेपालमा जेठ २० गतेसम्म लकडाउन थपियो

काठमाडौं । नेपालमा जेठ २० गतेसम्मका लागि लकडाउन थपिएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले आगामी जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

आइतवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

नेपालमा कोरोना रोकथामको सुरक्षार्थ सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो।

त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

सरकारले पछिल्लो समय थपेको लकडाउन जेठ ५ गते(भोली) बाट सकिँदैछ ।

भारत सरकारले पनि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै देशमा चौथो चरणको लकडाउन १४ दिन बढाएको छ । त्यहाँको मन्त्रीपरिषद् बैठकले ३१ मे सम्मका लागि लगडाउन थपेको हो । लकडाउनको तेश्रो चरण आज सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?