२०७७, ४ जेष्ठ आईतवार १७:४९

आलेख : कोभिड–१९ र नेपाल टेलिकम


प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतवार १७:४९

अचुत कुमार ओझा 
मे १७ अर्थात् आज विश्व दूरसंचार तथा सूचना समाज दिवस । सन् १८६५ मा पहिलो अन्तराष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन स्थापना गर्ने सम्झौता हस्ताक्षर गरेको सम्झनामा सन् २००५ देखि यो दिवस मनाउने गरिएको हो ।

यस पटक ५१ औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस लकडाउनकोबीच शुभकामना आदनप्रदान र विविध कार्यक्रमका साथ मनाईंदैछ । यस उपलक्ष्यमा सम्पूर्ण प्रयोगकर्ता, सेवा वितरक, आविष्कारक एवं वैज्ञानीक जगतमा शुभकामनाका साथ कोभिड–१९ सँगको लडाईमा एक रचनात्मक माध्यमको रुपमा यस क्षेत्रको विकास, विस्तार र आविष्कारको शुभकामना अपर्ण गर्न चाहन्छु ।

श्रृष्टिको सुन्दर पक्ष मानव विकास हो भनेर पढ्दै आएका आम मानिसको दिमागको गिदिनै खल्बलाउने कोरोनाको विश्व महामारीले सबैलाई घरको सानो चौघेरामा बन्दी गराई रहेको छ । लकडाउनमा देखिएको एक प्रसङ्ग राख्न चाहन्छु । खुल्ला र स्वतन्त्र रुपमा चोक, बाटो, कार्यस्थल, व्यवसाय, साथीसँगी, आफन्त, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद, भेटघाट र सामाजिक कार्य आदिईत्यादिको भाग दौडमा दैनिक दौडने संसारभरका मानव जस्तै केही मेरा छिमेकीहरु जस्को बिहानको चियाको चुस्की चोक र गल्लीका चिया भट्टीहरुमा लगाएर दिनको शुभराम्भ हुन्थ्यो । ति महासयहरु समेत लकडाउन पछिका दिनहरुमा चोकको कुरा नगरौँ घरको छत समेत नियास्रो मान्ने गरी कोठा भित्रै आफुलाई टिकाइ रहेको दृश्यले मलाई अचम्मीत बनाएको थियो । सायद पुस्तक पढेर,खानेकुरा बनाएर,टेलिभिजन हेरेर वा परिवारका सदस्यहरुसँग खेलेर मेरो अनुमान थियो । मैले यी अनुमानहरुले आफूलाई बुझाउन पहल गर्दे गर्दा केही दिनको अन्तरालमा कोठामा बस्दै गरेका मेरा छिमेकीकोमा फरक अवस्था देखिन्छ ।

कोही बिहानी र सन्धाकालीन व्यायमको लागि, कोही बाटो र चोकमा कुनै वहानामा, कोही छत र बार्दलीमा सुस्केरा हाल्दै चेहरामा प्रष्ट देखिने खालको छटपटाहट बोकेर तलमाथी गरिरहेको परिस्थिती देख्न सकिन्थ्यो ।

यी थरी थरीका दृश्यले मलाई झन् अन्योलको बादल भित्र अलमलाउँछ । हिजो देखेको सत्य र आज देखेको सत्यमा कुन साँचो हो । लकडाउन सुरु भए देखि नदेखिएको छिमेकीको छटपटाहट आज एकाएक किन छरपष्ट देखिँदै छ । त्यो उकुसमुकुसता फेरी एक दुई दिन मै शान्त हुँदै न छ , न चोक, न बाटोमा ति परिवारका सदस्यको उपस्थिती देख्न सकिन्छ ।

बरु फेरी कोठा भित्रै सबै बसी रहेको सजिलै अनुमान गर्न सकिन्थ्यो । सबै देखिरहेको मलाई कौतुहलताले चिथोर्न थाल्छ । म मेरा मौनतालाई तोड्दै छिमेकीसँग मेरा खुल्दुलीका प्रश्न तेर्साउँछु । मेरो छिमेकीको कोठाभित्रबाटै आवज आउँछ ।

राज्य संयन्त्र प्रयोग गरेर गरिएको लगडाउनले मात्रै घरभित्र राख्न नसक्ने रहेछ । सुरुको बसाई र अहिलेको घरभित्रको बसाई अनि बिचको दुई दिनको छटपटाहटको एउटै कारण इन्टरनेट सेवा हो । सायद यो लकडाउनको समयमा साथमा इन्टरनेट नहुँदो हो त मेरो अनुभवमा धेरै लकडाउनको उल्लङ्घन र सामाजिक दुरीको बहिष्कार भैसकेको हुने थियो । प्रहरी प्रशासनले धेरै बल प्रयोग गर्नुपर्ने भईसक्थ्यो ।

कयौं स्थानमा कफ्र्यू आह्वान भैसकेको हुने थियो । त्यो उल्लङ्घनमा सायद म पनि हुने थिएँ होला । यस्तो जोखिमको बिचमा पनि नेपाल टेलिकमले बिग्रीएको मेरो इन्टरनेट सेवा ( फाइबर) बनाउन आफ्ना कर्मचारी पठायो । यसैले विचमा देखिएको केही दिनको मेरो परिवारको छटपटाहट नाटकीय रुपमा हटेर गयो । धन्य नेपाल टेलिकम । धन्य टेलिकमकर्मीहरु ।

दैनिक बढ्दो दरमा फैलिरहेको कोरना महामरीको अन्त्य कहिले र कसरी सम्भव छ, सिंगो विज्ञान जगत नै अनविज्ञेता जनाई रहेको समयमा नेपाल टेलिकमले नेपाल सरकारको घोषीत लकडाउनको समयमा आम नागरिकमा पु-याएको व्यवसायीक जिम्मेवारीले सार्वजनिक संस्थानहरुको हिजो भन्दा आज झन् धेरै महत्व बढेर गएको देखिन्छ ।

म सोच्छु, माथिका परिघटनाबाट सहजै अनुमान गर्न सकिन्छ शहरिया पुस्ता विना इन्टरनेट सेवा लकडाउन पालना गर्न सक्ने अवस्थामा छैन । यसको प्रभाव ग्रामीण क्षेत्रमा समेत नयाँ पुस्तामा प्रष्ट देख्न सकिन्छ ।

अझै विद्यार्थीको अनलाईन शिक्षा सिकाई, घरमा बसेर गरिने कार्यालयको काम, व्यवसायीको व्यापार, अनलाईन बैठक, सेमिनार, अन्र्तरक्रिया कार्यक्रम आदि सबै सबै इन्टरनेट सेवामा निर्भर हुन पुगेको छ ।

मानवजगत बरु एक दुई छाक नखाई बस्न सक्ने तर डाटा र इन्टरनेटको वैशाखीविना उभिन नसक्ने नशाको लतमा अभ्यस्त भईसकेको आजको समयमा मेरा छिमेकीले भने जस्तो लगडाउनको उल्लङ्घन हुनबाट रोक्न सक्ने एक अचुक उपायको रुपमा यस्ता सेवालाई लिन सकिन्छ ।

कहाँ के भई रहेको छ र आफ्ना प्रियजनहरुको अवस्था के छ सजिलै थाहा पाउन सकिने र सँगै रहेको अनुभुति साटासाट गर्न मिल्ले भएकोले नागरिकलाई नैरासेता र सन्त्रासबाट समेत बाहिर ल्याउन पहल गरेको देखिन्छ ।

सामान्य यो लेख लेखेर मिडीयामा पठाउनको लागी होस् वा आम स्रोताले लेख पढ्नको लागि समेत इन्टरनेटमा नै आश्रीत हुनु पर्ने यो विपतको समयमा त्यसको रखबारी इमान्दारीताका साथ नेपाल टेलिकमले गरिरहेको विश्वास गर्न सकिन्छ । यसैले अझ आगामी दिनमा कम्पनी थप सशक्त्त रुपमा अगाडी आईदियोस् भन्ने जनताको चाहना देखिन्छ ।

जनता र राष्ट्रप्रतिको जनउत्तरदायित्वमा अन्य दूर संचार सेवा प्रदायकहरुमा भन्दा नेपाल टेलिकममा गर्वीत राष्ट्रियतत्व धेरै छ । कोभिड–१९ को सम्बन्धमा नागरिकलाई सचेत र सुसुचित गर्न विभिन्न क्रियाकलाप, योजना तथा प्याकेजहरु प्रस्तुत गरेको छ । आफ्ना सेवाहरुलाई अविछिन्न संचालन गरी रहेको छ ।
जनचेतना जगाउने र सुसुचित गर्ने कार्यहरु :
– लकडाउन हुनु अगाडी देखि कलर रिङ्ग व्याक टोन , सिआरविटि संचालन गरेको ।
– समय र सन्दर्भ अनुसार अध्यावधिक गरिएको ।
-एसएमएस मार्फत सन्देश प्रवाह गरिएको ।
– सेवा प्रयोगकर्ताले आफ्नो अवस्था वारे जानकारी गराउनको लागि आईभिआर सेवा संचालन गरेको ।
– -यापिट रेस्पोन्स संयन्त्रको लागि टोल फ्रि सेवा संचालन गरिएको ।
-सम्भावित संक्रमण पहचानको लागि यूएसएसडी प्रविधिमा आधारीत स्व घोषणा सर्भे कार्यक्रम ८१४१९३ मार्फत संचालन गरिएको ।
-संक्रमण सम्बन्धी कल सेन्टर स्थापना र संचालनमा सहयोग गरेको ।
सेवामा दिइएको छुट तथा विशेष अफरहरु
– सुरुको लकडाउन अवधिमा रिचार्जमा सतप्रतिशत बोनस प्रदान गरिएको ।
-मोबाइल इन्तरनेटमा ३० प्रतिशत छुट प्रदान गरियको ।
– शुन्य व्यालेन्स भएका करीब दश लाख ग्राहकलाई निशुल्क कल, एसएमएस र डाटा सुविधा सहितको प्याकेजको लागि एसएमएस कम्पनीको तर्फबाट पठाईएको । दुईलाख भन्दा बढीले यस्तो सुविधा प्रयोग गरेको देखिन्छ ।
– स्थायी टेलिफोन सेवाको महसुल भुक्तानीमा ढीलाई हुँदा लाग्ने जरिवाना मिनाह गरिएको ।
– सामान्य अवस्थामा भन्दा सस्तो डाटा, भ्वाइस र एसएमएस गर्न मिल्ले त्याकेजको व्यवस्था गरिएको ।
– सस्तो ई शिक्षा प्याकेजको व्यवस्था गरिएको ।
सेवा संचालन सुचारु ग्र्ने सम्बन्धमा
– अत्यावश्यक मर्मत सम्भार र सेवा दिन २४ घण्टा कर्मचारीहरुलाई आवश्यकता अनुसार फिल्ड, कार्यालय र घरबाट अनलाईन मार्फत काममा लगाईएको ।
– रिचार्जकार्ड र एमपोसको वितरण सहज गर्न विशेष व्यवस्था गरिएको तथा डिलरहरुको लागि सवारी पास उपलब्ध गराउन समन्वय गरिएको ।

कोभिड १९ विरुद्ध राज्य लड्दै गर्दा त्यसलाई टेवा दिनको लागि कम्पनीले गरेका माथिका केहि नमुना कार्यहरु प्रशंसायोग्य छ ।

कम्पनीको लागि यो सबै एक सुखदहैरानीको रुपमा हेर्न सकिन्छ । कम्पनी राज्य, नागरीक र ग्राहकप्रति उभिदै गर्दा पक्कै आफ्नो केही राजस्व गुम्यको र मुनाफा खुम्चीयको वित्तिय विवरण प्रकाशन गर्न वाध्य भएको छ । तर त्यसको प्रवाह नगरी यो विपतमा जनताप्रति गरेको जनसेवाले कम्पनी र नागरिकको सम्बन्ध थप मजबुद्ध बनेर गएको देखिन्छ ।

समाजमा कम्पनीको छवि अझै चम्कदै गरेको पाइन्छ । मेरो छिमेकी कै शब्दलाई सापटि लिएर भन्ने हो भने कोरोनाबाट जोगाउन लगाईएको लगडाउनको पालनामा पु¥याएको योगदानले मानविय क्षेतीलाई समेत जोगाएको छ ।

यतिमा मात्र कम्पनीको यात्रा रोकिएको छैन । बरु नेपाल टेलिकमको सिको गर्दे प्रतिस्पर्धात्मक बजारको सिद्धान्तलाई बुझेका अन्य दूरसंचार सेवा प्रदायहरु र त्यसमा पनि राज्यलाई तिर्नु पर्ने करको दायित्व तिर्न अटेर गरिरहेका जबर कम्पनीहरु समेत आफ्ना ग्राहक र आमनागरिकको लागि केही गर्नै पर्ने बाध्यताको कारण थुप्रै छिडी र गौडाहरु र्ओिर्लएर समाजको दैलो सम्म सहयोगको हात बढाउन अग्रसर भएको दृश्य देख्न सकिन्छ ।

नेपाल टेलिकमले कोरना विरुद्धको यो यूद्धमा आफुमात्रै लडि रहेको छैन बरु थुप्रै आफु जस्ता दूरसंचार सेवा प्रदायकलाई सिपाहीको रुपमा समाजसँग हातेमालो गरेर उभिन उत्प्रेरीत र अनिर्वाय गरिरहेको छ । सार्वजनिक खरिदको नियममा एकातिर बाँधिएको छ कम्पनि । त्यस माथि राज्यप्रतिको दायित्व पुरा गर्दे, ग्राहक सन्तुष्टि र सामित्यताको साथमा बहुराष्ट्रिय कम्पनि जो रामचन्द्रका छोरा लभकुशले समातेको वायूपङ्खीं स्यामकर्णे घोडा झै दौडन सक्छन, तिनीहरु सँग दौडीएर बाँच्नु पर्ने बजारमा जुन समय आएको छ यो कम्पनीको जिवनकोलागि कम चुनौतीपुर्ण छैन ।

तर पनि नेपाल टेलिकम विपती र प्रतिस्पर्धाले निकालेको दलदलमा समेत कोमलको फूल फुलाउन निरन्तर प्रयासरत छ । यस परिस्थीतिमा समेत पहिला समाज अनि व्यवसाय भन्ने आफ्नो मुल मन्त्रमा निर्भिकताको साथ डगगमगाएको छैन ।

बरु महाभुकम्पको समयमा समाजका लागि जसरी आफुलाई सर्मपित गरेको थियो, त्यो भन्दा अझै निकटताका साथ कोभिड–१९ ले ल्याएको आपतकालीन अनिश्चितताबाट हुन सक्ने मानव क्षती बचाउन यसले गरेको हरप्रयासले कम्पनीको भोलिको उज्जवल भविष्य यसै समाजको नाभिमा जरा टेकेर निमार्ण हुने निश्चित छ । नेपाल टेलिकमको वास्तविक चरित्र नै यहि हो ।

जीवनमा हरेक समय फुलको ओछ्यान मिल्दैन कहिलेकाही काँडाको ओछ्यानमा पनि सुत्नु पर्छ । बाइ गड ग्रेस अहिले सम्म नेपाल टेलिकमको जिन्दगीमा कोभिड–१९ का कारण त्यो मुश्किल समय आएको छैन । यसलाई नै भाग्यमानी मान्नु पर्छ ।

कारण यति छ, कर्मचारी कम्पनीको शिर सधा ठाडो देख्न चाहन्छन् । सबैथोक लगडाउनमा रहेको समयमा समेत मुत्युसँग आँखा जुधाएर पेशागत जिम्मेवार्रीलाई नर्बिसी आफुलाई ग्राहक सेवामा समर्पित गरिरहेका छन् ।

यस संकटको विचमा समेत कम्पनी हजारौं एफटिटिएच, एडीएसएल, पिएसटिएनका नयाँ लाईन वितरण र मर्मत गर्न सफल रहेको छ । नयाँ सिम बिक्री र हराएकाको सिम प्रतिस्थापन गरिरहेको छ ।

हजारौं मिटर नयाँ केबल तान्ने र विग्रीएका केबल फेरीएका छन् । लेखा, प्रशासनमा आवश्यक कार्य भई रहेका छन् । कम्पनीको नेटर्वक ठिकठाक राख्नको लागि तराई, पहाड र हिमालमा टावर र पावर समेत निरन्तर निगरानी गरी समस्या आएको स्थानमा समयमा नै मर्मत सम्भार गरी समस्याको समाधान गर्दे आएको पाईन्छ । व्यवस्थापन समग्र समाजको घाँटीमा कसिदै गरेको कोरोनारुपी डोरीको सुरकनी थोरै भए पनि खुकुलो पार्न कुनै मदत गर्न सकिन्छ कि भनेर लागि परेका छन् ।

यूनियनकर्मीहरु कम्पनी, कर्मचारी र सामाजिक स्वास्थ्यको सम्बन्धमा निरन्तर सम्वाद र छलफल गरि रहेका छन् । अनि कम्पनिप्रतिको आम नागरिकको आस्थाले कम्पनीको स्वास्थ्य झन बलियो र मजबुद बन्दै गईरहेको छ । अहिले चलिरहेको महासंकटले ल्याएको चुनौतीका विच पनि, कम्पनीले अव्वल सामाजिक उत्तरदायित्व सहित व्यवसाय संचालन गरेको आफ्नो ईतिहास जोगाउदै आफुलाई थप परिस्कृत गरेर लैजान सकेमा कोभिड–१९ सँगको लडाईमा समेत कम्पनीमा जितको क्षितिज देखिन्छ ।

(अध्यक्ष ,नेपाल टेलिकम वर्कर्स यूनियन क्षेत्रीय समिती,काठमाडौं)

प्रतिक्रिया दिनुहोस